स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको बैठक निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ५ दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा ५ दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका निमित्त अब निमित्त गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताए ।

मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रवार) भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए । भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कुटनीतिक पहल गर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्