सेञ्चुरी कमर्सियल बैंकले ल्यायो सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण ९रेमिटान्स० प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको हो ।

न्यूनतम रु। एक हजार मै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिन्छ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिन्छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्