पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण, पहिचानको खोज गरी नीति तथा कार्यक्रम योजना बनाउन अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

सौराहा । प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको बैठकमा सात वटै प्रदेशका प्रदेश प्रमुख, कार्यालय सचिव र निजी सचिवको सहभागिता रहेको थियो । बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी इन्दिरा पौडेलले प्रदेश सरकारले लोपोन्मुख समुदायको पहिचान तथा खोजी गरी नीति तथा कार्यक्रम, योजना बनाउन अनुरोध गरिएको बताए । पछाडि पारिएका समुदायको विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम बनाउन आग्रह गरिएको छ । प्रदेश सरकारले गर्ने कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग समन्वय नगरेको भन्दै समन्वय गर्नुपर्नेमा समेत छलफल गरिएको थियो । “प्रदेश सरकारले गर्ने कार्यक्रमबारे लिखितरुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ, तर मौखिक जानकारी मात्रै आइपुग्छ”, उनले भने ।

प्रदेश मन्त्रिपरिषद्का निर्णयमा समेत लिखित जानकारी नआएको भन्दै समन्वयका लागि अपिल गरिएको छ । प्रदेश प्रमुखको हाल मर्यादाक्रम सातौँ र आठौँ स्थानमा राखिएकामा त्यसलाई सच्याउनसमेत बैठकले सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । बैठकले हरेक छ महिनामा प्रदेश प्रमुखको बैठक बोलाउने गरी कार्यविधि पास गरेको छ । प्रदेश प्रमुखको बैठक आलोपालो गरी बोलाउने कार्यविधिमा उल्लेख छ । सातै प्रदेशकै विकासको सम्भावना र पहिचानका बारेमा खोजी गरी सङ्घीय सरकारलाई सुझाव दिने निर्णयसमेत गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्