बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ ।

विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गरेका भकिम्लीका श्रीषको बाख्रा फार्ममा अहिले रु एक करोड बढीका बोयर बोका र बाख्रा छन् । उनको फार्ममा साढे तीन लाख मूल्यपर्ने बोएर बोका छन् । दुईवटा गोठमा रहेका खैरो र सेतो रङ मिसिएका बोका, बाख्रा र पाठापाठीको बजार मूल्य अहिले रु १ करोडभन्दा बढी रहेको । श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्मका सञ्चालक श्रीषले बताए । उनका अनुसार फार्ममा सतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन् ।

एकदशक अगाडि खाडीबाट रित्तो हात गाउँ फर्किनुभएका श्रीष बाख्रा पालेर नै करोडपति बन्नुभएको छिमेकीले बताएका छन् । कतारको अन्तर्राष्ट्रिय ढुवानी कम्पनीमा काम गर्दासमेत कमाइ गर्न नसकेपछि उनले गाउँ फर्किएका थिए । विदेशको धनले उँभो लाग्न नसकेपछि गाउँमा फर्किएका उनले छिमेकी घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट व्यावसायिक बाख्रापालनको सोच बनाएको बताए । सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका व्यवसायी श्रीषको सोच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गदै व्यसायलाई अगाडि बढाए । यसरी हिम्मत नहारीकन बाख्रा पालन सुरु गरेका श्रीषले एक दशकको अवधिमा ९२०६८ देखि २०७८ सम्म बाख्रा बिक्री गरेर ऋण तिर्नुका साथै लाखौँ रुपैयाँ कमाउन सफल भएको जानकारी दिए ।

अहिले उनको बाख्रा फार्म बोएर बाख्राको स्रोतकेन्द्र बनेको छ । श्रीष अहिले बाख्रापालनबाट करोडपति बनेका छन् । “गतवर्ष रु ३५ लाखको बोएर बिक्री गरेकोमा यसवर्ष करिब रु ५० लाखको बिक्री गर्ने लक्ष्य रहेको छ” उनले भने “बोएरको विशषेता नै छिटोछिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ ।” नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजकसमेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई समेत तालिमसहित आवश्यक सहयोग गर्ने गरेका छन् । एक वर्षमा १०० भन्दा बढी बोएर पु¥याउने र आधा दशकभित्र वार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेको बताउने श्रीषको फार्ममा अहिले ५५ वटा बोयर बाख्रा छन् । नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि सङ्घसंस्था र किसानसमेत आउने गरेका छन् ।

उनले माग अनुसार पूरा गर्न नसकेको बताउँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए । बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामासमेत आवद्ध भएपछि उहाँको व्यवसाय अहिले देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डेढलाखदेखि साढे ३ लाखसम्मको ३० माउ, २ बोका र २२ पाठापाठी छन् । बोएर बाख्राका लागि श्रीषले करिब ६० रोपनी जमिनमा घाँसखेती समेत गरेका छन् । श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेको बताउँछन् । अर्का किसान बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पनि बाख्रा पालेर मनग्गे आम्दानी गर्ने किसानमा छन् । पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताएका मल्लले विदेशको सपना त्यागेर आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा स्थानीय जातका बाख्राबाट सुरु गरेको व्यवसायलाई बढाएर अहिले बोएर जातका बाख्रापालन गरेका छन् ।

करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ८० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँससमेत लगाएको उनले बताए । वार्षिक रु १४ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाइ छ । उहाँको फार्ममा तीन लाखसम्म पर्ने बोएर बोका छन् । उनले छिमेकी र बाँझो जमिन भाडामा लिएर घाँस समेत विस्तार गरेका छन् । पछिल्लो समय बोएर जातको बाख्रापालनमा युवाको आर्कषण देखिएको छ । उता बेनपा – ६ का वडाध्यक्ष कृष्णसिङ बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडि बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताए ।

जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि र पशुपालनको लहर चलेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लाभरी करिब २०० भन्दा बढी युवाले व्यावसायिक तरकारी खेती र पशुपालन गरिरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्