नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ४ ए टेलिभिजन जित्न सक्नेछन् ।

प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभी किन्न चाहने उपभोक्ताहरुका लागि बजारमा यो भन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिंदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको छ । यो अफर १८ चैतदेखि ३१ वैशाखसम्म लागू हुनेछ । यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि ४ ए टेलिभिजन जित्न सक्नेछन् ।

मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४ हजार भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभीमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ । साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभी हेर्दा पनि अरु टिभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।

बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभी किने पनि ठुलो टिभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्