‘विदेशी मुलुकमा बजार विस्तार गर्न सरकारको सहयोग आवश्यक रहेको छ’ : ट्राइकोट इन्डस्ट्रिज प्रालि

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । ब्याबसायीले नेपाली कास्मिरी पस्मिना उत्पादनको पहँचका लागि अन्तराष्ट्रिय बजार विस्तारमा सरकारले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विराटनगरमा २० वर्ष देखि पश्मिनीका उत्पादन गरेर विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिज प्रालिले विदेशी मुलुकमा बजार विस्तार गर्न सरकारको सहयोग आवश्यक रहेको बताएको हो । कम्पनीका व्यवस्थापक चन्दनकुमार मिश्रले कम्पनीले उत्पादन गरेको पश्मिनालाई अमेरिका, जापान तथा युरोपमा बाहेकका मुलुकमा पनि पुयाउने योजना अनुसार काम भइरहेको जानकारी दिए ।

विदेशका ठूला बजारमा नेपाली उत्पादनको बजारीकरण गर्न सरकारले सहयोग गरे कोरोना महामारी पछि खस्केको निर्यात बजार बढ्ने बताए । व्यवस्थापक मिश्रले कम्पनीबाट उत्पादित पश्मिनाको ९० प्रतिशत उत्पादन विदेशमा निर्यात हुने गरेको बताए । ट्राइकोट इन्डस्ट्रिजले विशेष गरी पश्मिनाका सल, स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जा लगायतका कपडा उत्पादन गरिरहेको बताए । उनले पछिल्लो समय पश्मिनाको बजार परिर्वतन हुँदै गएकाले माग अनुसारको पश्मिना कपडा उत्पादनको लागि नेपालमा कच्चा पदार्थ अभाव रहेको बताए । सबै कच्चा पदार्थ चीन,भारत, इटाली र नेपाली रिलाइन्स कम्पनीले उत्पादन गरेको प्रयोग गर्ने गरेको ब्यबस्थापक मिश्रले बताए । ट्राइकोट इन्डस्ट्रिजले उत्पादन गरेको स्वटर मात्रै ९० प्रतिशत विदेश निर्यात हुने गरेको छ । उनले वार्षिक ५० हजार भन्दा बढी पश्मिनाका कपडा उत्पादन गरेर ४५ करोड भन्दा बढीको कारोबार गरेको बताए ।

मिश्रले कम्पनीले आफै उत्पादन गर्ने भन्दा पनि विदेशबाट माग भएर अनुसारको उत्पादन गर्ने गरिएको बताए । कोरोना महामारी भन्दा अगाडि निर्यात हुने परिणाम ठूलो हुने गरेता पनि कोरोना महामारी पछि बजार खस्केको बताए । कम्पनीले उत्पादन गरेको कपडा नेपाली बजारमा मात्रै खपत नहेकाले विदेशबाट पश्मिनाको माग नभए उद्योग बन्द हुने अवस्था आउन सक्ने बताए । मिश्रले पछिल्लो समय उद्योग सञ्चालन गर्ने समयमा लोडसेडिङ हुने गरेकोले उत्पादन लागत बढ्न थालेको बताए । व्यवस्थापक मिश्रले कम्पनीमा करिव ३०० जनाले रोजगारी दिएको बताए । उनले कम्पनीका ३ सय जना कर्मचारी मध्ये ८० प्रतिशत नेपाल रहेको बताए । उनले राज्यले यस्ता उद्योगलाई सहयोग नगरेको आरोप लगाए । नेपाली पश्मिना उत्पादनले विश्व बजारमा बंगलादेश, चीन, भारत, भियतनाम, कम्बोडियालगायत मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सरकारले निर्यातमा अनुदान, विद्युतमा सहुलियत र कच्चा पदार्थ आयात सहज बनाउनु पर्ने बताए ।

नेपालले पश्मिना निर्यातमा २–३ प्रतिशत नगद अनुदान दिने भनेको छ, तर नगद अनुदान लिने झन्झटिलो प्रक्रियाले उद्योगीलाई प्रोत्साहित नभएर निरुत्साहित गरेको उद्योगीहरुले बताएका छन् । नेपालबाट विदेशमा वार्षिक रुपमा २ देखि ३ अर्बको पश्मिना निर्यात हुने गरेको भन्सार विभागको तथ्याङकले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा करीब ३ अर्बको पश्मिना निर्यात भएको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ७० करोडको पश्मिना निर्यात भएको थियो । कास्मिरी (पस्मिना) कपडाको मूल्य न्युनतम ५ हजार देखि १२ हजारसम्ममा बिक्रि वितरण हुन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्