बैंकिङ कसुरको मुद्दामा १५ लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका ४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका ५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीको टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्