महालक्ष्मी विकास बैंकले गर्यो वि.सं. २०७९ को भित्तेपात्रो सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । सबल बैंक सफल सहकार्यकोलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस बैंकले क्यालेन्डर विमोचन गरेको हो । चैत्र २० गते आइतबार केन्द«य कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।

“कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा ग्राहकहरुलाई जानकारी दिनु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले वेवसाइट मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गरी हेर्न सक्नेछन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्