ट्याक्सीमा भएको बेतिथि रोक्न के गर्न सकिएला ? अनुसा थापाको लेख

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । कसैलाई अस्पताल जानपप्यो वा कोही हतारोमा छ भने ट्याक्सी नचढी सम्भव छैन् । तर, ट्याक्सी चालकलाई सयौबिन्ती गरेपनि उनीहरुले मिटरमा यात्रु बोक्न मान्दैनन् । बिरामी शिथिल भएको देख्दादेख्दै पनि ट्याक्सी चालकमा मनमा दया पलाउदैन् । बरु, भाडाको विषयमा लिएर आलटाल गरेर बस्छ । चालकले भनेजति रकम तिर्ने सहमति नभएपछि ट्याक्सी गुड्दैन् । हच्चाको भरमा आफुलाई मनलागे जत्ति भाडा भन्छन् ट्याक्सी चालक । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी सञ्चालनमा छ ।

तीमध्ये एउटा ट्याक्सीले पनि मिटरमा यात्रु बोक्न र नजिक जान मान्दैन् । उपत्यकाभित्रका विभिन्न चोक वा अस्पताल अगाडि यात्रु र ट्याक्सी चालकबिच मोलमोलाइ भइरहेको प्रशस्तै भेटिन्छ । पाटन अस्पतालबाट कोटेश्वर महादेवथान मुनि आएको एकजना महिलाले सातसय तिरिन् । बिरामी साथमा भएकाले ट्याक्सी चढ्नुपरेको र चालकले मनलाग्दी भाडा मागेको उनको गुनासो छ । तीनवटा ट्याक्सीसंग घण्टौं मोलमोलाइ गरेपछि एउटाले सातसयमा ल्याउन मान्यो, उनी भन्छिन् । तर, दुरीको तुलना गर्ने हो भने पाटन अस्पतालबाट महादेवथान जम्मा तीन किलोमिटर छ ।सरकारले तोकेअनुसार प्रत्येक किमि ३९ रुपैंया हो । त्यसैगरी, ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपैंया सेवाशुल्कबापत तिर्नुपर्छ । यात्रुले सरकारी भाडाअनुसार तीन किमिको जम्मा एकसय १७ रुपैंया तिरे पुग्छ । तर, तीन किमिमा लागि यात्रुले सातसय रुपैंया तिर्नुपर्ने बाध्यता छ । एकातिर ट्याक्सी भाडा मँहगो छ, अर्कोतिर पैसा तिरेजस्तो सेवासुविधा पनि यात्रुले पाइरहेका छैनन् ।

थोत्रा, पुराना, प्रदुषण गर्ने, डल्लो आकारका ७९६ सिसीका ट्याक्सीमा यात्रा गर्नुपर्छ । भाडा ट्याक्सीको तिरेपनि ट्याक्टरमा बसेजस्तो अनुभव हुन्छ । यत्रो पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न नपाउनु जनताका लागि दुर्भाग्यको कुरा हो । सरकारले ट्याक्सीको वर्गीकरण पनि गरेको छैन् । लक्जरियस् ट्याक्सीको दर्ता खोल्न सरकारले अहिलेसम्म गृहकार्यपनि थालेको छैन् । स्वदेशी त ट्याक्सीबाट आजित भइसकेका छन् । यता, ट्याक्सी चालकले विदेशीलाई पनि राम्रो सेवासुविधा दिन सकेको छैन् । ट्याक्सीको सिसी कम भएकाले यसले तीन जना मोटा मानिसहरुको भार थेग्न सक्दैन् । उकालोमा यात्रु आफैले ओर्लिएर ट्याक्सी ठेल्नुपर्ने हुन्छ । झोला र सुटकेस राख्ने ठाँउको पनि अभाव छ । यी ट्याक्सीले उपत्यकाबाहिर गएर पर्यटकलाई घुमफिर गराएर फर्किन सक्छ । उपत्यकाभित्रै ट्याक्सी नपाएर घण्टौं कुनुपर्छ । ट्याक्सी चाहिने भनेकै बिरामी हुदाँ वा हतार पर्दा त हो । अरु बेला चढ्नलाई भाडा तिर्नसक्ने स्थिति छैन् ।

तर, आफुलाई परेकै बेलामा ट्याक्सी पाइदैन् र ट्याक्सीको खोजीमा भौतारिनुपर्छ । अहिले सञ्चालन भएका ट्याक्सीहरु चक्रपथबाहिर जान मान्दैन् । बढी पैसा तिर्ने शर्तमा मात्रै ट्याक्सी चक्रपथबाहिर जान्छ । नेपाल सरकारले ट्याक्सीको रोड परमिट उपत्यकाभित्रका सबै ठाँउलाई दिइएको छ । उपत्यका बाहिरी जिल्लामा ट्याक्सी जानुपप्यो भने पटके काट्नुपर्छ । जसले गर्दा बाहिरी जिल्लाका बासिन्दाहरु ट्याक्सी चढ्नबाट वञ्चित बनेका छन् । यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले उपत्यकालाई मात्र ट्याक्सीको रोडपरमिट दिने निर्णय ३० वर्ष पुरानो हो । जनसंख्यालाई आधार मानेर त्यतिखेर उपत्यकामा मात्र ट्याक्सी चलाउन अनुमति दिइएको थियो । तर, अहिले उपत्यकाकै छिमेकी जिल्ला काभ्रेमा ट्याक्सी पाइदैन् । विगत ३० वर्षमा काभ्रेको जनसंख्या तेब्बर भइसकेको छ । तापनि सरकारले काभ्रेमा रोडपरमिट दिइएन् । हाल त्यहाँ रातो प्लेटको सवारीले यात्रु बोकिरहेका छन् । बनेपामा ट्याक्सी नभएर निजी प्लेटका सवारीले मनलाग्दी भाडा असुलिरहेका छन् । यसले गर्दा उनीहरु मारमा परेका छन् । सरकारले बागमती प्रदेशका हरेक जिल्लामा ट्याक्सीको पहुँच पुप्याउने हो भने रातो प्लेटको सवारीको ठगीधन्दा बन्द हुन्थ्यो । यता, मर्दा र पर्दा यात्रुले भनेको बेलामा ट्याक्सी पाउछन् ।

अहिले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको घर काभ्रेको पनौती हो । तर, उनकै जिल्लाका जनताले ट्याक्सीको मुख देख्न पाएका छैनन् । सुत्केरी हुँदा गाडी नपाएर मर्नुपर्ने बाध्यता त्यहाँ पनि छ । निजी प्लेटले भनेजति पैसा तिर्न नसक्नेहरुलाई मर्नबाहेक अरु केही विकल्प रहदैन् । सरकारले नयाँ ट्याक्सी खोलेर रोड परमिट बढाइदिने हो भने आर्थिक कमजोर भएका सर्वसाधारणलाई निकै राहत हुन्थ्यो । यातायात व्यवसायीको अगाडि लम्पसार गरेका महानिर्देशक घिमिरेले कुनै हालतमा रोड परमिट बढाउन र नयाँ ट्याक्सीको दर्ता खोल्न पहल गर्ने देखिदैन् । तर, यातायात व्यवसायीसंग लुप्त भएका महानिर्देशक घिमिरेले एकवर्षमा दुईपटक सार्वजनिक सवारीको भाडा बढाउन हिच्किचाउदैनन् । सरकारले सिण्डिकेट हटाएको दाबी गरेपनि विगत तीन दशकदेखि नयाँ ट्याक्सीको दर्ता खोलिएको छैन् । सबै प्रदेशमा कालो र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । प्रदेशले संघीय र संघीयले प्रदेशलाई देखाउने काम मात्र भइरहेको छ । संघीयकी यातायातमन्त्री रेणुकुमारी यादव प्रदेशतिर औला तेस्य्राउछिन् । यता, प्रदेशको यातायातमन्त्री घनश्याम दाहाल संघीयलाई देखाउछन् । यातायातमन्त्रीहरुको अरुलाई देखाएर पन्छिने प्रवृत्तिले जनताको ज्यान लिइरहेको छ । नयाँ ट्याक्सीको दर्ता नखोलदिदा राज्यले राजस्व पाएको छैन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदियो भने मिटरमा यात्रु बोक्छु, आफ्नो देशमा स्वरोजगार बन्छुभन्दा पनि नेपाली जनताले पाएका छैनन् ।

अहिले भएको भाडाभन्दा कममा यात्रुलाई सेवा दिन्छु, राज्यको ऐनकानुन मान्छु र यात्रुले भनेको ठाँउमा जान्छु भन्दापनि उनीहरुले किन नपाउने रु देशमै स्वरोजगार बन्छु भन्दा किन नपाउने रु सरकार सबैको साझा हो । तर, सिमित व्यक्तिको फाइदाका लागि सरकारले अरु जनतालाई दबाउन मिल्छ रु बाटो सरकारको भएपनि कब्जा ट्याक्सी व्यवसायीले गरेका छन् । ट्याक्सी व्यवसायीले नयाँ ट्याक्सीको दर्ता खोल्न दिइरहेका छैनन् । आफ्नो कमाउधन्दाका लागि जनतालाई दुःखहैरानी दिने काम भइरहेको छ । विश्वका हरेक देशमा लक्जरियस् ट्याक्सी सञ्चालनमा छन् । लक्जरियस् ट्याक्सी चलाउदा उनीहरुको मुलुकको शोभा बढेको छ । यस्ता ट्याक्सीले प्रदुषण कम गर्दछ भने त्यसबाट त्यहाको जनताले भरपुर सेवासुविधा पाउछन् । त्यस्ता ट्याक्सी चल्ने शहरको शान नै बेग्लै हुन्छ । तर, नेपालको राजधानीमा २० वर्ष कटेका ट्याक्सीहरु गुड्छन् । यत्रो धुँवाको मुस्लो फालेर ट्याक्सीहरु गुडेको देख्दा पनि नियमनकारी निकाय मौन छ । ट्याक्सीकै कारण काठ्माडौंको बदनाम भएको छ भने प्रदुषण बढाउन यी सवारीको अह्म भुमिका छ । अहिले यातायात व्यवसायीहरु २० वर्ष पुराना ट्याक्सीको म्याद थप्न दौडधुप गरिरहेका छन् ।

कि त त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर सट्टाभरानामा दर्ता गर्न पाउनुपर्ने उनीहरुको माग छ । यसका लागि ट्याक्सी व्यवसायीहरु दिनहु प्रदेश र संघीय यातायात मन्त्रालय धाइरहेका छन् । साथै, ट्याक्सीको नया दर्ता खोल्न नहुने उनीहरुको भनाइछ । २०४० सालमा डेढ लाखमा किनेको ट्याक्सी आफै चलाएर वा भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके । ट्याक्सी व्यवसायीले ३८ वर्षको अन्तरमा डेढ लाखबाट दुई करोड कमाउनु भनेको ठुलो कुरा हो । अब फेरिपनि आफैले व्यवसायी गर्न यिनीहरुको होडबाजी चलेको छ । उही पुरानो नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने हो भने एउटै व्यक्तिले ५८ वर्ष व्यवसायी गर्छ । यसले गर्दा अरु जनता मारमा पर्छन् । एउटै व्यवसायीले मात्र कमाइराख्छ, ऊ मात्र रोजगार बन्छ । जनसंख्या बढेको बढ्यै छ, ट्याक्सीको संख्या बढेको छैन् । सरकारले २० वर्ष पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट खारेज गरिदिनुपर्छ । सधै एउटै व्यक्तिले कमाइराख्ने, अरुचाहि हेरेर बस्ने । यसलाई मध्यनजर गर्दै नयाँ ट्याक्सीको दर्ता तत्कालै खोलिदिनुपर्छ । नयाँ ट्याक्सीको दर्ता खोलिदिदा जनताले सित्तैले सित्तैमा नम्बर प्लेट पाउछन् । यसले गर्दा ट्याक्सीको मुल्य कम पर्छ । जसले गर्दा सस्तो भाडामा सेवा दिन सकिन्छ ।

नयाँ ट्याक्सीको दर्ता नखोलिलिदा २० वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट १२ लाखमा खरिदबिक्री हुन्छ । त्यो १२ लाख जोडेर ट्याक्सी भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिन्छन् । मँहगो लगानीका भएपछि ट्याक्सी व्यवसायीले यात्रु ठग्ने भइहाले । तर, नयाँ ट्याक्सीको दर्ता खुल्यो भने एउटा ट्याक्सीको मुल्य २० लाख पर्छ । हाल ट्याक्सीको बजार मुल्य ३२ लाख छ । सट्टापट्टामा फेरिपनि ट्याक्सी दिने हो भने जनता ठगिने क्रम झनै बढ्दै जान्छ । नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ । जनता ठगिन काम पनि रोकिन्छ । ट्याक्सीमा भएको बेतिथि रोक्ने एउटै उपाय नया ट्याक्सीको दर्ता हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्