निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

धनकुटा । स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका हुन् ।  नेकपा एमालेको पकड रहेको धनकुटामा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा रहेका छन् ।

एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो । राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्लस्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन् । यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति दिनेश राईले बताए ।

सत्तारुढ दलले गठबन्धन गरेरै भए पनि एमालेले धनकुटाका ६० मध्ये ५२ वडामा र सातवटै तहमा विजयी हासिल गर्ने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले जिकिर गरे । गएको निर्वाचनमा झरेको मत परिणामलाई हेर्दा सरकार सम्बद्ध दलबीच गठबन्धन हुँदा एमालेभन्दा गठबन्धन निकै मतले अगाडि रहेकाले पनि गठबन्धन दलका उम्मेदवार विजयी हुने नेकपा माओवादी केन्द्रका नेता ऋषिराम ढुङ्गानाले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्