‘लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । नेकपा एकीकृत समाजवादी-पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएकाछन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले   आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताएकाछन् ।

उनले   विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाएकाछन् । ‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपाएकीकृत समाजवादी नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरेकाछन् । उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखेकाछन्। –RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्