सेञ्चुरी बैंकको वि.सं.२०७९ को क्यालेण्डर सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठद्धारा एक कार्यक्रमकाबीच सेञ्चुरी क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरु लगायत विभिन्न बैंकिङ सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकङ सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्