म्याग्दीको कुइनेखानीमा पुग्यो सडक, स्थानीयलाई बिक्री वितरण गर्न र उपभोग्य वस्तु ढुवानी गर्न सहजता

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी। रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो ।

थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए  । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।

स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भने  । सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिनेछ । उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरे ।

कार्यक्रममा सडक विस्तार गर्न रु १२ लाख ६० हजार सहयोग गर्नुभएका गाउँपालिका अध्यक्ष भण्डारी, रु चार लाख ५० हजार सहयोग गर्नुभएका चित्रमान छन्त्याल र रु तीन लाख ५० हजार सहयोग गर्नुभएका थमबहादुर छन्त्याललाई स्थानीयवासीले सम्मान गरेका थिए ।  – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्