मन्त्री भुसालद्वारा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत, अब निरन्ततर वडावासीले आधारभूत स्वाथ्य सेवा पाउने

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र थेरापी सेन्टरको शुरुआत गरेका छन् । वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्ततर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउनेछन् ।

खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ उपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खोकनाबासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने बताए ।

कोभिड सङ्क्रमणको महाबिपत्तीको समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरे । मन्त्री भुसालले भने , “तोरीको तेलले चिनीने खोकनामा तोरी पेल्ने मिल, संपदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।” जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सर्हानीय कार्य गरेको बताए ।

त्यस अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षय कोषका लागि रु पाँच लाख बराबरको सहयोग पनि ऊर्जामन्त्री भुसालले हस्तान्तरण गरे । कार्यक्रममा वडा अध्यक्ष रविन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्