माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन हुनुभएको छ ।

गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिए । यसअघि संयोजकको भूमिकामा रहनुभएका ज्ञामनाथ गैरे प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सो जिम्मेवारी पाएका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्