नेपाली सेनाको नेतृत्वमा भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोलाको साथ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारासहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दैछ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेश्रो बर्ष भयो ।

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरि ८,००० मिटरभन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् । चैत्र २२ देखि जेष्ठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्टनरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।

हिमाल सरसफाई अभियानका क्याम्पेन डिरेक्टरले भने, “हिमालहरु हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाई अभियानको नारा “हिमाल बचाउने प्रयासस हाम्रो हिमाल, हाम्रो जिम्मेवारी” अनुसार समुदाय र भावी पुस्ताको लागि हिमालहरुको संरक्षण र सरसफाई गर्ने हाम्रो कर्तव्य हो । यसको साथ–साथै यी हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि पनि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरीरहेका छौँ । यसमा हामीलाई कोका–कोला फाउन्डेसन् र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।” कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ ।

कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, “हिमालहरु सफा गर्ने र यसै कामको लागि समान विचारधारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालका गौरव यी हिमालहरुको पवित्रता जोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनि हामी जोडिन पाउँदा गौरवान्वित महशुस गरेका छौँ । कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ । यो सरसफाई अभियान सफलतापूर्वक सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौँ र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्