रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुत लगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए । आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सृजना गर्नुपर्ने पनि बताए ।

त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायम मुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्