घर-घरमा डिजिटल शिक्षा पुर्याउने उद्देश्यले मिदास इ–क्लाससँग सहकार्य गर्दै भायानेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरुले मिदास इ-क्लास १ महिना निःशुल्क चलाउन सकिने भएको हो ।

नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सक्नेछन् । विभिन्न ट्युटोरियल भिडियोहरु, क्विजहरू, र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाई लाइ अझ सहज र रमाइलो बनाउँछ । मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन् । विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस.इ.इ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ ।

भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ । भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लास दाबि गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्