अनुदान र सहयोगले किसानमा उत्साह

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउछन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ ।उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन् । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पुर्याएका छन्।

उनले वर्षेनी तीन खाल मूल्य बढीको तरकारी बजार पठाउछन् । यो उनको हिउँदे र वर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो । आलुबाट हुने आम्दानी जोड्दा उनले घर खर्च चलाउने, छोराछोरी पढाउने खर्च गरेर बचत गर्छन । प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ ।ऋषिरामको प्लाष्टिक घरमा अहिले पनि अकवरे खुसानी र गोलभेँडा फलेका छन् ।खेतमा लगाइएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ ।पाँच मुरी आलुको बीउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष राख्नुभएको छ् । ‘हिउँदे आलुको मूल्य परेन, बर्खामा त ५० रुपैयाँ किलो कसो नपर्ला र’ शर्माले भने, “अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन् ।’’ शर्मा गाउँका अगुवा किसान पनि हुन् । उनले गरेको तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरु गाउँमा बढेका छन् ।“अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ’’, शर्माले भने, “किसानका लागि बिउदेखि औजार, उपकरणसमेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ ।’

व्यावसायिक उत्पादन गर्ने किसानलाई फार्म दर्ता गरेमा अनुदान दिने गरेको छ ।वडामा दर्ता भएर चलेका हरेक किसानले रु ५० हजार अनुदान पाएको शर्माले बताए।पाँच वर्षयता वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १५० घरमा प्लाष्टिक घर छन् । पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरु अहिले तरकारी बिक्री गर्ने गरेको वडाध्यक्ष विद्यापति शर्माले बताए । वडाले उत्पादनअनुसार टोललाई पकेट क्षेत्र बनाएको छ । आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन् । “हामिले किसानको आवश्यकताअनुसार तालिम, प्रशिक्षणलगायत प्राविधिक विषयमा सहयोग गर्छौँ’’, शर्माले भने , “ ‘आधुनिकीकरणमा किसान उत्साहित भएर सहभागी हुने गरेका छन् ।’’

सिँचाइको प्रबन्ध राम्रो भएकाले पनि किसान उत्पादनमा जोडिएको उनले बताए । भीमा पोखरामा उत्पादन भएको तरकारी बागलुङ बजारमा बिक्री हुने गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्