बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई गृहमन्त्री खाँणको आह्वान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । गृहमन्त्री खाँणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे । उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए । गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फस्र्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गरे ।

कार्यक्रममा बोल्दै सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्री खाँणले खनाललाई उत्कृष्ट बेरुजु फस्र्यौट सम्मान पनि प्रदान गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्