स्थानीय तहको निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग नेपालद्धारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे । उनले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए ।

प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्