व्यापारीको सम्पत्ति खोजतलास गर्नैपर्ने बेला आएको हो ? अनुसा थापाको लेख 

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । केही वर्ष अघिदेखि विभिन्न जिल्लामा ठूलाठूला व्यापारिक मलहरु खुल्ने क्रम बढ्दो छ । भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मलहरु एउटै ठाँउमा मात्र नभई धेरै ठाँउमा सञ्चालित छन् । एकैठाँउमा सबै सामान पाइने भएपछि पछिल्लो समय यस्ता व्यापारिक मलमा सर्वसाधारणहरुको निकै चाप देखिन्छ । तर, यस्ता मलहरुले विभिन्न विधि अप्नाएर ग्राहक ठगिरहेका छन् । सामानहरु आफै प्याकेजिङ गरेर बिक्री वितरण गर्दछन् । यसरी पहिले नै प्याक भएर तौल लेखेर आइसकेको सामान पुन जोख्न पनि पाइदैन् । जसको कारण तोकिएको भन्दा कम तौल ग्राहकहरुले पाइरहेका छन् । यता, म्याद गुज्रिएका सामानहरुमा नयाँ म्याद राखेर बेच्न पनि व्यापारिक मलहरु निकै अगाडि छन् । खानयोग्य नभएका, म्याद नाघिसकेका खाद्यवस्तुमा नयाँ म्याद टाँस्यो, बेच्यो । यसरी उपभोक्ताको स्वास्थ्यमाथि यिनीहरुले खेलबाड गरिरहेका छन् ।

त्यसैगरी, व्यापारिक मलमा राखिएको सामानहरुको मूल्य निर्धारण सरकारले गरेको होइन् । त्यहाँको सञ्चालक आफैले यसको मूल्य निर्धारण गरेको हुन् । जनतालाई आफु कतै ठगिएका त छैनौ ? यो पनि थाहा छैन् । सरकारले पनि सामानको मूल्य निर्धारण गर्न कुनै चासो देखाउदैन् । कि त सरकारी पक्ष नै मल सञ्चालकहरुबाट लुप्त भएको हुनुपप्यो । होइन् भने आफुखुसी रेट राख्नेहरुलाई अनुगमन गरेर किन कारबाही गरिदैन् ? डुब्लिकेट सामानलाई ब्रान्डेड भन्दै भाटभटेनीले बेच्ने गरेको छ । तर, अहिले व्यापारिक मलहरुमा ग्राहकको चाप निकै कम देखिन्छ । भाटभटेनी, सेल्सबेरीलगायतका तिक्डम थाहा पाएपछि सर्वसाधारणहरु बरु खुद्रा पसल नै जान्छन् । पहिले मलहरुमा खुट्टा राख्ने ठाँउ हुदैनथ्यो । पार्किङ क्षेत्र सबै भरिएको हुन्थ्यो । तर, अहिले मल पनि खाली, पार्किङ पनि खाली देखिन्छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले झोक चलेको बेला अनुगमन गप्यो भनेपनि एकदुई लाख जरिवाना लिएर छोडिदिन्छ । करौडौं जनता ठग्नेलाई जरिवाना पनि सोही अनुसार हुनुपर्ने होइन् र ? यहाँ पनि सरकारी पक्ष र व्यापारिक मलको मिलोमतो देखिन्छ ।

‘त कुटेजस्तो गर म रोकोजस्तो गर्छु‘ भन्ने काम मात्र भइरहेको छ । सर्वप्रथम विभागले चाडपर्व आएजस्तै गरी वर्षमा एकदुईचोटि अनुगमन गर्दछ । अनुगमन गरेपनि न कैद हुन्छ न मल नै बन्द गरिन्छ । सरकारी पक्षले हामी अनुगमन गर्न आउछौ भनेर पहिल्यै नै सुसुचित गराउदछन् । यसो गरेपछि त मल सञ्चालनले म्याद नाघेका सामान लुकाउन पाए । व्यापारिक मलहरुले मुलुकको उत्पादनलाई नभई विदेशी सामानलाई प्रोत्साहन गर्दछ । नेपाली जनताले उब्जाएको अन्नका लागि भाटभटेनीमा ठाँउ छैन् । कोदो, फापर, चामललगायतका वस्तुहरु सबै बाहिरबाट आयात गरिन्छ । तर, यहाँ उब्जनी भएको सबै कुहिएर जान्छ । फलफुल र तरकारीको हकमा पनि उही छ । नेपाली किसानहरु आफुले उब्जाएको सामान बेच्ने ठाँउ नपाएर निरास बनेका छन् । तापनि उनीहरुको सामानलाई बजार दिन मल सञ्चालक हिचकिचाउछन् । किन कि बाहिरी मुलुकबाट आएका सामानमा जतिपनि रेट राख्न पाइयो । तर, ठूल्ठुला मलहरुका कारणले नेपालको पैसा सबै बाहिर गइरहेको छ । यिनीहरुले बाहिरको सामानलाई प्रोत्साहन गर्दा मुलुक टाँट पल्टिएको छ ।

यता, राजस्व छल्नमा पनि यिनीहरु अब्बल छन् । करोड तिर्नपर्ने ठाँउमा भित्रभित्रै मिलाएर लाख तिर्छन् । व्यापार गरेर अर्बपति बनेका विनोद चौधरी, शेखर गोल्छालगायतका व्यक्तित्वहरुले नेपालमा कमाएर विदेशी बैंकमा लगेर पैसा राखिदिदाँ मुलुकमा तरलता बढेको अर्थविद्हरु बताउछन् । व्यापारीहरुको बैंकखाता र सम्पत्ति सरकारले छानबिन गर्नुपर्छ । यिनीहरुले के के व्यापार गरे ? त्यहाँबाट कति आम्दानी गरे ? राज्यलाई कति कर तिरे ? विदेशी बैंकमा कति रकम लगेर राखेका छन् ? यो सरकारले खोताल्नैपर्छ । नेपालमा बसेर कमाउने अनि विदेशमा लगेर लगानी गर्न त पाइएन् । हरेक व्यापार व्यवसाय सञ्चालन गर्नेले यहाँका जनतालाई ठगेर कमाउछन् । अनि विदेशी बैंकमा लगाएर पैसा राख्छन् । यिनीहरुको सम्पत्ति छानबिन हुनैपर्छ । अर्थतन्त्रमा संकट आउनु र मँहगी बढ्नुमा यिनीहरुको ठूलो हात छ । राजनितिक दल, सरकारी कर्मचारी, व्यापारी र नेपालीले विदेशमा लगेर राखेको पैसा नेपाल नै फिर्ता ल्याउनुपर्छ । होइन् भने नेपामा भएको चलअचल सम्पत्तिमा रोक्का गर्नुपर्छ । अहिले बुढादेखि भुरा सबैलाई अर्थतन्त्र कै चिन्ता छ ।

राजनितिक दलहरुले नेपालको अर्थतन्त्र डामाडोल बनेको भनेर बारम्बार भन्दै आएका छन् । त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले जनताले घरघरमा पैसा लुकाउदा बैंक रित्तो भएको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा खतराको घण्टी बजिसकेको कुरा अनौपचारिक रुपमा भन्दै आएका छन् । कहिले उनी जनताले सिरानी र डस्नामुनि पैसा लुकाए भन्छन् । कहिले बैंकमा पैसा राख्न जान झण्झट लागेर बैंक खाली भएको बताउछन् । तर, तथ्य कुरा बताउनमा अर्थमन्त्री आफैपनि हिचकिचाइरहेका छन् । यता, बैंकहरु टाट पल्टिदा जनताहरुको रातको निद्रा र दिनको भोक हराएको छ । बैंकफाइनेन्सले विश्वासनियता गुमाउदा अब जनताले पैसा राख्दैन् । सरकारले अर्थतन्त्र ठाँउमा ल्याउन व्यापारीले लुकाएको पेसा खोजतलास गर्नुबाहेक विकल्प छैन् । आजका दिनमा पैसा चलाउने र लुकाउने दुवै हुन् । सर्वसाधारणलाई बिहानबेलुका खान धौ धौ परिरहेको छ उनीहरुले कहाँबाट ल्याएर राख्नु ? सरकारले व्यापारीहरुको सम्पुर्ण सम्पत्ति खोजतलास गर्नुपर्छ ।

यता, भारतीय मुलबाट आएका व्यापारीहरुले पनि यहाँ कमाएको सबै रकम आफ्नै देशमा लगिसके । अबपनि लगानी गप्यो भने डुब्छौ भन्ने डर उनीहरुमा देखिएको छ । अबपनि सरकार हात बाँधेर बस्ने हो भने नेपालको अर्थतन्त्र तहसनहस हुन्छ । अर्थतन्त्रलाई पहिल्यैको गतिमा ल्याउनका लागि सरकारले एक्सन लिनैपर्छ । नेपालमा व्यापार घाटा बढ्दो छ । विलासी वस्तुहरुको बढ्दो आयातले व्यापार घाटा अत्यन्तै बढ्यो । सरकारले व्यापार घाटा रोक्नका लागि बेलैमा सोचविचार गर्नुपर्छ । यता, बढ्दो मँहगीले सीधासाधी जनता मारमा परेका छन् । मँहगी नियन्त्रण गर्न सरकारले उचित निति ल्याउनुपर्छ । खाधान्न, इन्धन र दैनिक उपभोग्य सामानको मुल्य बढ्दो छ । व्यापारीले हप्तादिनमा सामानमा मुल्य बढाउछ । बेरोजगारी र गरिबीको खाडल प्रतिदिन बढिरहेको छ । सामान्य दाल, चामल पनि बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । यसले गर्दा नेपालको पैसा सबै बाहिर गइरहेको छ । मँहगी पनि झनैझनै बढिरहेको छ ।

श्रीलंका र नेपालको स्थिति उही नै हुने भो । महँगी पनि उही, गरिबी पनि उही । पैसा हुने मान्छेहरु जसरी पनि बाच्छन् । तर, पैसा नहुने त भोकै मर्नुपर्छ । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु जनता ठग्ने व्यापारीकै पक्षमा निर्णय गर्न खोजिरहेका छन् । कमाएको पैसा विदेशमा लगेर राख्ने, देशमा मँहगी बढाउने व्यापारीहरुलाई कारबाही गर्नुको साटो उनीहरुकै पक्षमा लाग्नु लाजमर्दो कुरा हो । आएको एकडेढ हप्ता भइसक्दा पनि एकचोटि अनुगमनमा निस्किएको देखिएन् । जनताका लागि सडकमा निस्किन उद्योगमन्त्री बडुलाई लाज लाग्यो । तर, त्यही जनताले तिरेको करबाट तलबभत्ता र सरकारी गाडी चढ्न उनलाई लाज लागेन् । मन्त्रालयमा बसेर उद्योग व्यवसायीको ज्ञापनपत्र बुझ्नका लागि उद्योगमन्त्री बनाएको हो ? उद्योगमन्त्रीले एक्सन नलिँदा आर्थिक कमजोर भएकाहरुको ढाड सेकिएको छ ।

मँहगी बढेर उनीहरु भोकै बस्नुपर्ने अवस्था आएको छ । तापनि जथाभावी मुल्यवृद्धि गर्नेलाई कारबाही गरिएको छैन् । सरकार सार्वजनिक सवारीको भाडा बढाएको बढ्यै गर्छ । काम गर्ने ठाँउमा तलब दिन नसकेर कर्मचारी निकालिरहेको छ । भोकै सुत्छु भनेपनि कोठाबहाल त तिर्नैपप्यो । पानी मात्र तताएर खान्छु भनेपनि पानी पनि किन्नुपर्छ । कालोबजारी, बढ्दो मँहगी रोक्न नसक्ने हो यहाँ झैझगडा सुरु भयो । भोक सहन नसकेर धेरै नेपालीको ज्यान जान्छ । धनी र गरिबबिचको खाडल बढ्दै जान्छ । अन्ततः लुटपाट र मारकाटको अवस्था हुन्छ । प्रधानमन्त्री, उद्योगमन्त्री र अर्थमन्त्री असमर्थ हुँदा मुलुक तहसनहस बन्यो । यता, विपक्षी पार्टी पनि समाधान खोज्नुको साटो झनै घाउमा नुन छर्किने काम गरिरहेका छन् । खुट्टा तान्ने र कुरा काट्ने प्रवृत्तिले मुलुक सिद्धियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्