देशव्यापी रुपमा बैशाख ६ र ७ गते ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले बैशाख ६ र  ७ गते बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । देशव्यापी रूपमा ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाउन लागेको हो ।

६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्