‘सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भए पनि कुनै हालतमा टुट्न दिन हुँदैन’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् । मंगलवार नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन् ।

उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफुले राम्रो काम गरेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताए । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनले बताए ।

उनले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए । उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गरे । प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए । उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्