सुदूरपश्चिममा पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए

Ad
  • कालोपाटी सम्बाददाता

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत पाँच वर्षमा एक लाख ९६ हजार ४७६ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी कैलालीमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । तीमध्ये दुई लाख ५६ हजार १०४ पुरुष र दुई लाख ६९ हजार १० महिला रहेका छन् । सबैभन्दा कम बाजुरामा कूल ८२ हजार ६९० मतदाता छन् । तीमध्ये ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला रहेका छन् । त्यस्तै दार्चुलामा ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी कूल ८८ हजार २८५, बैतडीमा ७३ हजार ८८३ पुरुष र ७४ हजार ७२१ महिला गरी कूल एक लाख ४८ हजार ६०६, र डडेल्धुरामा ४४ हजार ६६४ पुरुष र ४५ हजार ४५५ महिला गरी कूल ९० हजार ११९ मतदाता रहेका छन् ।

यसैगरी कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् तीमध्ये एक लाख ४३ हजार २४१ पुरुष र एक लाख ५२ हजार ११२ महिला रहेका छन् । डोटीमा ५८ हजार २८२ पुरुष र ६५ हजार २७२ महिला गरी कूल एक लाख २३ हजार ५५४, अछाममा ७५ हजार ८३७ पुरुष र ८० हजार ४४१ महिला गरी कूल एक लाख ५६ हजार २८० र बझाङमा ६१ हजार ३८९ पुरुष र ६० हजार ७४८ महिला गरी कूल एक लाख २२ हजार १३७ मतादाता रहेको बताइएको छ ।
तेस्रो लिङ्गी मतदातामध्ये कैलालीमा ११ तथा अछाम, बाजुरा र बैतडीमा दुई÷दुई र कञ्चनपुरमा एकजना रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्