स्थानीय तह निर्वाचन: काठमाडौंमा सात सय ५९ केन्द्रमा मतदान हुने, ४६ वटा राजनीतिक दलले भाग लिँदै

nirwachan
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन काठमाडौंमा सात सय ५९ केन्द्रमा मतदान हुने भएको छ । मतदाताको संख्याको आधारमा, बाकस र कम्प्युटरमा विवरणको व्यवस्थापन गर्नुपर्ने हुँदा, ‘क’, ‘ख’, ‘ग’, ‘घ’ गरी मतदान केन्द्र रहने भएको हो ।

काठमाडौंमा जम्मा छ लाख ३७ हजार ७७५ मतदाता संख्या रहेका छन् । राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलसहित राष्ट्रिय मान्यता नपाएका ४० गरी जम्मा ४६ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिँदैछन् । केहि मात्रमा स्वतन्त्र उम्मेदवार पनि रहने छन्, तर यसको यकिन भने भइसकेको छैन् । स्थानीय तहको निर्वाचनको तयारी भने तिव्रगतिमा भइरहेको काठमाडौं महानगरपालिकाले बताएको छ । यससँगै सहायक कर्मचारीको टिम निर्माण गर्ने, कार्यालय स्थापना गर्ने कार्य अहिले जारी  रहेको  निर्वाचन अधिकारी ठाकुर शर्माले  बताए  ।

महानगरपालिकाले भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वैशाख ८ गते बिहान १० बजे कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । एक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गरी दुई जना र बाँकी दश प्रतिशत अतिरिक्त जनशक्ति पनि खटिने जनाइएको छ । सुरक्षा मापदण्डका विषयमा काठमाडौंमा समस्याग्रस्त मतदान केन्द्र कुनै पनि नभएको र थप स्वयंसेवक खटाएर मतदान सम्बन्धमा दुई दिन तालिम पनि गर्ने तयारी भईरहेको छ । सबै तयारी चुस्त र दुरुस्तरुपमा अघि बढेको निर्वाचन अधिकारी  शर्माले जनाकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्