बारामा टेम्पोको ठक्करबाट ५० वर्षीया महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

बारा । मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवाका स्थानीय ५० वर्षीया कौशिलादेवी रहेका छन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो । सडक पार क्रममा उनलाई ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्