ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु, सात जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । बिहीबार बिहान प्लान्ट विस्फोट भएको हो । उक्त विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको छ ।

अक्सिजन भर्ने क्रममा आज बिहान १० बजे एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताए । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ ।

उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेको अवस्था गम्भीर छ । घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ । घटनास्थलको अवस्था निकै भयावह देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्