प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस शीर्ष नेताको बैठक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेतालाई दिउँसो ३ बजे बैठक बस्न बोलाएका छन् । बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा। शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको हो । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् । काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्