बिहिबार नेप्से परिसूचक ४.९४ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ ।

बहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटाको घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । तर यता, निर्जीवन बीमा, वित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक घटेका छन्।

नेप्से परिसूचकसँगै दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । त्यस्तै, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्