महानगरबारे छलफल गर्न काँग्रेस बैठक पार्टी कार्यालय सानेपा बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा छलफल गर्ने पार्टी कार्यालय सानेपा बैठक बस्ने भएको हो । आज बसेको बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने भएको छ ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने हो । काँग्रेसको विधानअनुसार उम्मेदवारको मनोनयनको मितिभन्दा एक महिना अगावै पार्टीका उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ । तर काँग्रेसले त्यसको पालना गरेको छैन ।

उम्मेदवारी दर्ताको दुई दिनअघि मात्र काँग्रेसले उम्मेदवारी चयनका लागि बैठक बस्दै छ । काँग्रेसले यसअिघ राष्ट्रियसभा उम्मेदवार पनि विधान विपरीत उम्मेदवार चयन गरेको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्