सेञ्चुरी बैंकले गर्यो एकैदिन थप तिनवटा नयाँ शाखा सञ्चालन, कति पुग्यो शाखा संख्या ?

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा प्रारम्भ गरेका हुन् ।

बैंकले एकैदिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिकास्थित लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्ति, उद्यमी व्यवसायी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयको उपस्थिति थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप ३ शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्