जोशीले गराए काठमाडौंको मेयरमा पहिलो उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा ३७ वर्षीय आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

जोशीले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

३७ वर्षीय जोशी काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलका स्थानीय बासिन्दा हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्