एमालेले टुङ्गो लगायो काभ्रेका १३ वटै तहमा उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका सबै तहमा उम्मेदवार टुङ्गो लगाएर जिल्लामा पठाएको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका छन् । कतिपय स्थानीय तहमा एमालेले माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि सहमति नभएपछि पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गरेको हो ।

बनेपा नगरपालिका मेयरमा रत्नकुश रञ्जितकार, उपमेयरमा विमला सापकोटा धुलिखेल नगरपालिका मेयरमा अशोक ब्याञ्जु ,उपमेयरमा लालतारा अधिकारी पनौती नगरपालिककको मेयरमा भीम न्यौपाने, उपमेयरमा गीता बन्जारा मण्डन देउपुर नगरपालिकाको मेययरमा विदुर सापकोटा उपमेयरमा सरिता ढकाल पाँचखाल नगरपालिकाको मेयरमा कन्चन अधिकारी उपमेयरमा सूर्यमाया दनुवार नमोबुद्ध नगरपालिकाको मेयरमा राजन भुर्तेल उपमेयरमा सम्झना लामा रहेका छन्  ।

त्यसैगरि   भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा उपाध्यक्षमा कल्पना श्रेष्ठ चौँरी देउराली गाउँपाालिका अध्यक्षमा जितराम लामा, उपाध्यक्षमा बबिता खरेल रोशी गाउँपालिकाको अध्यक्षमा देबसागर लामा, उपाध्यक्षमा बबिता बोहोरा बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना उपाध्यक्षमा सरला लामिछाने तेमाल गाउँपालिका अध्यक्षमा इन्द्र तामाङ उपाध्यक्षमा सम्तेन लामा र खानीखोला गाउँपालिकाको अध्यक्ष डम्बर तिमल्सिना रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्