गोपाल हमालले गराए धनगढी उपमहानगर प्रमुखमा उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुँदै दोस्रो भएका थिए । अहिले पनि धनगढी उपमहानगरपालिकामा गठबन्धनकातर्फबाट पुनः वड नै उम्मेदवार बन्दैछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्