‘स्वतन्त्र उम्मेदवारी दिँदा सबै क्षेत्रमा विकास आफ्नो किसिमबाट गर्न सकिने भएकोले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए हुँ’ : र्यापर साह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोगले आज र भोलि (आईतबार र सोमबार) गरी दुई दिन स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराउने मिति तोकेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम शुरु भएको छ । आईतबार काठमाडौं महानगरपालिका, नगरपालिका र वडाका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम शुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराउका छन् । उनले राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महानगरपालिकाको मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराए । उनले काठमाडौं महानगर वैकल्पिक राजनीतिक केन्द्र हुने कुरामा आफू विश्वस्त रहेको बताए । त्यस्तै आज नै र्यापर बालेन साहले पनि काठमाडौंको मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उनले राजनीतिक पार्टीको ब्याकग्राउण्डबाट आउँदा पार्टीका कार्यकर्ता र व्यापारीहरुको चित्त बुझाउनु पर्ने तर स्वतन्त्र उम्मेदवारी दिँदा सबै क्षेत्रमा विकास आफ्नो किसिमबाट गर्न सकिने भएकोले स्वतन्त्र ढंगले उम्मेदवारी मनोनयन दर्ता गराएको बताए । उनले राम्रो काम गरे पनि बिरोधी पार्टी भएका कारण बिरोध नै भइरहेको भन्दै त्यसलाई तोड्न आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ वटा दर्ता काउण्टर निर्माण गरेर १८ ठाउँबाट मनोनयन दर्ताको व्यवस्था गरिएको छ ।

आज उम्मेदवारी दर्ताको पहिलो दिन भएकोले खासै धेरै उम्मेदवारी मनोनयन दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज र भोलि गरी दुई दिन स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न समय उपलब्ध गराएको छ । आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय सीमा पनि तोकिदिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्