कैलालीको मुक्तकमैया शिविरमा भीषण आगलागी हुदाँ दर्जन बढी घर जलेर नष्ट

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।

करिब ८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको छ । उनले आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताउँदै शिविरका मान्छेहरु तितरवितर भएकाले मानवीय क्षतिबारे समेत यकिन जानकारी समेत हुनसकेको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्