स्थानीय तह निर्वाचन: ठूला दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी९जसपा०का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन् ।

कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवाको टुङ्गो लगाइसकेको र आज उम्मेदवारी दर्र्ता गराउने कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए । एमालेले धरै तहको उम्मेदवार टुङ्गो लगाए पनि आइतबार उम्मेदवारी दर्र्ता गराएन् । सत्ता साझेदार दलको उम्मेदारी पछि मात्र आफूहरुले उम्मेदवारी दर्र्ता गराउने योजनामा रहेको एमालेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रले पनि अझै पालिका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाउन सकेका छैन ।

अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्गो लागिसकेकाले आज उम्मेदवारी दिने माओवादीका नेता विश्वनाथ साहले जानकारी दिए । जसपाको अवस्था पनि उस्तै छ । जसपाले पनि अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यद्यपि जसपाका नेताहरुले अधिकांश स्थानीय तहको उम्मेवार टुङ्गो लगाइसकेको दाबी गरेका छन् । “करिब करिब सबै स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ”, जसपा प्रदेशका मुख्य सचिव यादवले भने , “धेरैले टिकट लिएर उम्मेदवारी दिन गइसक, बाँकी रहेका प्नि टिकट वितरण भइरहेको छ ।”

आज उम्मेदवारीको तयारीमा जुटेका छौँ, उनको भनाइ थियो । यसैबीच उम्मेदवारी मनोनयन दर्र्ताको पहिलो दिन आइतबार सिरहा नगरपालिकामा चार जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई सिके राउत नेतृत्वको जनमत पार्टीका र दुई स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनगढीमाई नगरपालिकामा नगरप्रमुखका लागि चार , उपप्रमुखका लागि एक र वडाअध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्र्ता गराएका छन् । लहान नगरप्रमुख पदका लागि दुई र एक जनाले वडा अध्यक्ष पदमा उम्मेदवार दिएका छन् ।

सिरहाको बरियारपट्टीमा नगरप्रमुखमा एक, वडा अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्र्ता गराउनुभएको छ भने सुखीपुर नगरपालिकामा एक जनाले नगरप्रमुख पदमा र तीन जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्र्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नगप्रमुखका लागि दुई , उपप्रमुखमा एक , वडाध्यक्षका पदमा छ जनाले उम्मेदवारी दर्र्ता गराएका छन्। –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्