एनएमबि बैंकको सामाजिक कार्य : विद्यार्थीहरुलाई स्कुल झोला वितरण, पठन पाठनमा सहज हुने अपेक्षा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यालयका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको कार्यक्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोखरेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरू उपस्थित थिए । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोखरेलले यस सहकार्यले विद्यार्थीको पठन पाठनमा सहज हुने अपेक्षा व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्