नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापितद्वारा उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्थानीय तह निर्वचानको लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताए । एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्