उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने सकिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत आज उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि निर्वाचन आायेगमा उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारहरुको बिरोधमा उजुरी दिन सकिनेछ । आयोगले वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।

आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गरेको छैन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्