उम्मेदवारी दर्ता गराएकि सिंहलाई राणाले दिइन् शुभकामना, राणा भन्छिन् -‘महिला नेतृत्वबाट अब महानगरको मुहार फेर्न सकिन्छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकि सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएका हुन् ।

आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गरे । सो क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताए । उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंवासी महिलाहरु खुही भएको र अब महिलाका समस्याहरु समाधान हुनेमा विश्वस्त भएको बताए ।

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिनुभएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्