भिभोले गर्यो वाई सिरिजका स्मार्टफोनहरु सार्वजनिक, हेर्नुहोस् के-के छन् विशेषताहरु ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भिभोले हालै नेपालमा ५ हजार एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप सहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ । भिभोका वाई सिरिजका स्मार्टफोनहरू सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट सुविधाहरूका लागि प्रख्यात छन् ।वाई३३एस पनि फरक छैन । यसले फराकिलो दायराका उपभोक्ताहरूको लागि उपयुक्त उत्पादन ल्याउन प्रविधि र डिजाइनको क्षमतालाई संयोजन गरेको छ ।

ट्रिपल क्यामेरा भएको भिभो वाई३३एस ले तस्वीरहरुलाई रचनात्मक अनुभवमा परिणत गर्न ५०एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ । ५०एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक गर्दै उच्च फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ जसको परिणाम स्वरुप सामान्य प्रकाश र कम–प्रकाश परिदृश्यहरुमा पनि उत्कृष्ट विवरणका तस्वीरहरू खिच्न सकिन्छ । यसबाहेक, जुम इन वा क्रप आउट गर्दा पनि पूर्ण स्पष्टता कायम राख्दै तस्वीरको गुणस्तर कम हुदैन ।

यसबाहेक, रातमा सुपर नाइट सेल्फी नोइज रिडक्शन टेक्नोलोजी र औरा स्क्रिन लाइटले प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि आवश्यक प्रकाश प्रदान गर्दछ । स्मार्टफोनमा लगानी गर्दा ग्राहकहरूले स्मार्टफोनको स्टोेरेज क्षमता चाहे अस्थायी होस् वा स्थायी विचार गर्नुपर्ने महत्वपूर्ण मापदण्ड बनेको छ । उपभोक्ताको मनोभावलाई जीवित राख्दै, भिभोले उपकरणलाई प्रभावकारी रुपमा काम गर्ने ८ जीबी मेमोरीसहितको उत्कृष्ट विस्तारित र्याम २।० ल्याएको छ । धेरै एपहरु बिना कुनै ढिलाइ एकैसाथ चलाउन यसको ४जीवी निष्क्रिय रोमलाई र्याममा विस्तार गर्न सकिन्छ ।

विस्तारित र्याम २।० को एउटा प्रमुख फाइदा भनेको यसले प्रयोगकर्ताहरूलाई बिना कुनै झनझट एकबाट अर्को एपमा स्विच गर्न सहज बनाउँछ । स्मार्टफोनमा १२८ जीबी रोम पनि छ, त्यसैले प्रयोगकर्ताहरूले नयाँ फोटो, भिडियोहरु राख्नका लागि पुराना तस्बिरहरू, भिडियोहरू वा एपहरू हटाइ राख्नु पर्दैन । हेलियो जी ८० प्रोसेसरको साथ, वाई३३एस ले राम्रो गेमिङ अनुभव प्रदान गर्दछ । स्मार्टफोनमा ५०००एमएएच ब्याट्री र १८ वाट्ट फास्ट चार्ज छ जसले उपकरणलाई छिट्टै चार्ज गरेर प्रयोगकर्ताहरूको धेरै समय बचत गर्दछ । १८२ ग्राम हलुका तौल भएको यो उपकरणले प्रिमियम अनुभूति प्रदान गर्दछ ।

भिभोको बजेट–अनुकूल वाई सिरिजका स्मार्टफोनहरूमा डिजाइन–ड्रिभन विशेषता साँच्चै आश्चर्यजनक छन् । ट्रिपल क्यामेरा मोड्युलको साथमा ब्रान्डले स्मार्टफोनको भिजुअल अपीललाई बढाउँदै यसको सिग्नेचर डुअल टोन स्टेपमा कम्पोनेन्टहरुलाई स्मार्ट रुपमा व्यवस्थित गरेको छ । साधारण डिजाइनको सौन्दर्यता र विविध रङले वाई३३एस लाई युवाहरूका लागि आकर्षक स्मार्टफोन विकल्प बनाएको छ ।

भिभो वाई३३एस मिरर ब्ल्याक र मिडडे ड्रीम – दुई अद्वितीय रंगहरूमा उपलब्ध छ । मिरर ब्ल्याक स्मार्टफोनमा चम्किलो कालो रंगका लागि डबल लेयर कोटिंग प्रविधि प्रयोग गरिएको छ भने मिडडे ड्रीममा औंलाका छाप नबस्नका लागि लिक्विड क्रिस्टल कोटिंगको साथ एजी बनावटलाई हाइलाइट गरिएको छ । यो उपकरण नेपालभर भिभोका रिटेल पसलहरूमा उपलब्ध छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्