स्थानीय तहको निर्वाचन म्याग्दीको एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका हुन् अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासीछन् ।

बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा एमालेबाट, लामिछानेले नेकपा माओवादी केन्द्रबाट र मुनाले नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसबाट उम्मेदवार बन्नुेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य छन् । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुभएकी उनि कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उहाँले सामाजिक अभियन्ताको रुपमा काम गरिसकेका छन् ।

एमालेबाट उम्मेदवार बन्नुभएकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष छन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनि सामाजिक कार्यमा क्रियाशील छन् । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य छन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेका हुन् । विसं २०६० देखि राजनीतिमा सक्रिय उनि हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छन् ।

लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएका थिए । एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्जछन् । विसं २०४८ देखि राजनीतिमा सक्रिय उनि यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्