बिहिबार १५ जनामा कोरोना संक्रमण पुष्टी, १८ संक्रमित कोरोनामुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्