कामना बैंकको शाखारहित बैंकिङ सेवा सिराहाको लक्ष्मीपुर पतारीमा, अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरुमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सेवा शुभारम्भ गरेको हो ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गापा–४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बिना रेमिटेन्स  प्रो। बिना मण्डललाई उक्त शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गापाका अध्यक्ष राम वलव साह, वडाअध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बैंकका कर्मचारीलगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बैंकले जनाएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्