बैंक इन्स्योरेन्स ग्रुप र नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदान कार्यक्रम आयोजना, रगतको माग पुरा गर्ने लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

रामेछाप । बैंक इन्स्योरेन्स ग्रुप बिग रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेका छ । जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंक तथा बिमाको कर्मचारी र बजारका व्यापारी लगायत २ दर्जन रक्तदाताले स्वतस्फुर्त रक्तदान गरेको बिग रामेछापका सचिव विपिन भट्टराइले जानकारी दिए ।

पछिल्लो समय मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालले अपरेशन मार्फत डेलिभरी सेवा उपलब्ध दिन थालेकोले रगतको माग बढ्दै गएकाले रक्तदान मार्फत रक्त संकलन गरिएको सचिव भट्टराईले बताए । उनले रक्तसंचार सेवा संचालन गर्दै आएको रेडक्रससँग हाल ४० प्याकेट मात्र राख्ने क्षमता रहेकोले क्षमता वृद्धि गरेर धेरै मौज्दात सहितको उपकरण राख्न आवश्यक देखिएको उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्