प्राधिकरण र हवाई कम्पनीबीचको विवाद समाधान गर्न ९ सदस्यीय उपसमिति गठन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवाद समाधानका लागि ९ सदस्यीय उपसमिति गठन भएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार सोही समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको हो ।

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ र प्राधिकरणका प्रतिनिधिबीच वार्ता भएको थियो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरेको छ । आन्तरिक उडानलाई अब दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका थिए । बिहीबार नै विज्ञप्तिमार्फत संघले माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्