सप्तरीमा ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ, उजुरी दर्ता बर्सेनि बढ्दै

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो ।  उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०-७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ ।भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो ।  राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट लागुऔषधसहित विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए ।  उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

सप्तरीबाट काठमाडौं लैजान ठीक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो ।  लागुऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो । ठूलो परिमाणका कारोबारीसँगै प्रहरीले दुव्र्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीका हिरासत कक्ष अहिले लागुऔषधका आरोपितहरूले भरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अधिकांश लागुऔषध आरोपित रहेको प्रहरीले जनाएको छ । बरामद भएका लागुपदार्थको परिमाण र उजुरी दर्ता पनि बर्सेनि बढ्दै गएको छ । प्रहरीले आर्थिक वर्ष ०७६-०७७ मा लागुऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो । ती मध्ये तीन जना अझै फरार छन् । यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा ८८ उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो । ती मध्ये नौ जना फरार छन् । खुला सिमानाको फाइदा उठाउँदै पर्याप्त मात्रामा लागुऔषध छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी उपरीक्षक काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागुऔषध भारतबाट सप्तरी भित्रिने र बसमार्फत हेटौँडा, काठमाडौं, पोखरासम्म पुग्ने गरेको बताए ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाइ तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ । कानुनले लागु पदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागुऔषध ९नियन्त्रण० ऐन २०३३ अनुसार लागुऔषध दुव्र्यसनीलाई दुई महिनासम्म कैद र रु दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुव्र्यसनीबाहेक अन्य निषेधित कार्य गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र रु एक लाखदेखि २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई छ महिनादेखि पाँच वर्षसम्म कैद वा रु दश हजारसम्म जरिवाना हुनेछ ।  घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुनसक्ने व्यवस्था छ । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लागुऔषध नियन्त्रणमा सप्तरी प्रहरी आक्रमक शैलीमा लागेको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्