एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि पहिलो सिम अफर, यस्ता छन् विशेषताहरु ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा ९एसईई० दिएका विद्यार्थीहरुका लागि विषेश अफर पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनसलगायतका विभिन्न फाइदा लिन सक्छन् । यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो ।

एसईई २०७९ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् । करसहित मात्र रु। ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल फेसबुक युट्युब र टिकटक प्रयोग गर्नका लागि ४ जीबी डेटा ९हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्मको फाइदा लिन सक्छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभसहित एसईई दिएका विद्यार्थीका लागि पहिला सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाइ, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्